मनोभाव

यसमा मेरो मनमा खेलेका, बुद्धिमा मथेका कुराहरु आफ्नै लागि राख्ने गरेको छु | मैले यहाँ लेखेको कुरो ठिक-बेठिक, साचो-झुठो, सत्य-असत्य जे पनि हुन सक्छ | केहि कुरा समय अनुसार परिवर्तन होलान् भने केहि सदाबहार होलान् | आफ्नो विवेकले हाँस जस्तो भै दुध-दुध पिउनु भएपनि स्वागत्, सबैलाई वाहियात भन्नु भएपनि स्वागत्, केहि लेखि हाल्न मन लागेर लेख्नु भएर आफ्ना डोवहरु राख्नु भए पनि स्वागत्, नलेखी चुपचाप निस्कनु भएपनि स्वागत् | यहाँ झुक्केर अथवा आउनै मन लागेर, जसरि आउनु भएपनि स्वागत् | यहाँहरु सबैलाई मेरो मनोभाव पढ्न स्वागत छ |

Thursday, September 10, 2009

यथार्थ

आज शनिबार अलि बढी सुतौ जस्तो लागे पनि नानी देखि लागेको बानी भनेको जस्तो बिहानै ६ बजे नै आँखा खुल्यो | आमाले जहिले पनि छोरी मान्छे भएर पनि ढिलो उठ्ने हो भन्दै सानै देखि चाडो उठाई दिनुहुन्थ्यो | अल्छी मान्दै आधि घण्टा जति ओच्छ्यान मै पल्टी रहे | यसो मुख धोइवारी छेउको पत्रिका पसल गएर चार थरिको पत्रिका लिएर आए | के गर्ने एउटै पत्रिका पढे त मान्छे को दिमागै खराब गर्ने गरि एकहोरो लेखेका हुन्छन |

राम राम !!! हैन यो के हुन लागेको | कलियुग भन्थे साच्चै हुदो रहेछा कि क्याहो ? सबै पत्रिकाहरुको मुखपृष्ठमा एउटै खबर | स्वास्नीले सुतिरहेको लोग्नेलाई प्वाइन्ट ब्ल्यांकबाटै निधारमै गोलि हानी हत्या | कस्ती निर्दयी आइमाई रहिछ | सबै पत्रिकाहरुको खबर सरसर्ती पढे | राति शुक्रबारको रमाइलो गरि फर्केको लोग्ने सुतेपछि गोलि हानिछ | मुख्य कारण थाहा नपाए पनि धेरैले नाठोको शंका गरेका थिए | आफू एउटी नारी भएपनि पटक्कै मन पग्लेन उनीप्रति | यस्ता आइमाईहरु नै हुन् हामी नारीलाई कलंकित गर्ने जस्तो लग्यो | तर पनि नारी सम्बन्धित संस्थामै काम गर्ने हुनाले उनको मुद्दामा अदालत जाने विचार गरे |


सरकारी वकिलले जिरह गरिरहेका थिए | यस्ती निर्दयी नारी त नारी को नाममा कलङ्क नै हो ..... श्रीमान् ! यस्ती लाई कठोर भन्दा कठोर सजाय दिईनु पर्छ ..... त्यहाँ उपस्थित सबै यो भनाइ प्रति शतप्रतिशत सहमत थिए | म पनि सहमत थिए, तर पनि उनको मुहारको भाव पढ्ने पनि कोशिस गर्दै थिए | अहँ, कस्तो भाव शुन्य मुहार ! त्यहाँ भएका मध्ये कतिले भनेपनि आफूले सोचेजतो नाठोसंग भाग्न नपाएर अनुहारमा कुनै भाव नै छैन | तर मलाई त्यो अनुहार सागर झैँ लग्यो | भित्र अनेक तरङ्ग भएपनि माथि बाट हेर्दा शान्त | त्यसदिन उनको वकिल नभएकोले त्यसको व्यवस्था गर्नु भन्दै अदालती कारवाही टुन्ग्यो |

मैले उनलाई भेट्ने विचार गरे र उनलाई भेट्न गए | शुरुमा केहि नबोले पनि मेरा सान्त्वनाका वचन ले उनलाई पगल्यो | उनी धर धरी रुन थाली | मैले पनि रुन दिए किनकि त्यो सबै उनी भित्रको बेदना आसुँबनि बगिरहेको थियो | जब उसले हलुको महसुस गरि अनि केहि नबोली आफ्नो लुगा माथि सार्नथाली | म झसन्गै भए | केहि बोल्नै पर्ने थिएन | ठाउँ-ठाउँमा चिमोटेका, चिथोरेका अनि टोकेका दागहरु, झन त्यसमाथि कतै कतै चुरोटले पोलेका दागहरु | ऊफ ! मैले त सबै तिर हेर्न पनि सकिन | कसरि सहेको होला ? त्यो पनि ३-३ बर्ष, उनको बिहेको ३ वर्ष भएको थियो | अनि मैले उनलाई मद्दत गर्ने विचार गरेर नारी अधिकारको लागि लड्ने वकिलसंग सपर्क गरि यथार्थ बताए | सत्य थाहा पएर उनको विचार पनि मेरो जस्तै १८० डिग्रीमै परिवर्तन भयो |

अदालतमा त्यस दिन पनि भिड थियो | सबैजना उनले आजीवन काराबास नै पाउनु पर्छ भन्नेमा थिए | तर जब सत्य सामुन्ने आयो बिचरा भनिएको लोग्ने सबैको नजरमा कंश भयो भने अपराधी देखिएकी उनी तिर सबैले टिठ लाग्दा नजर लगाए | अनि पत्र-पत्रिकाहरुले पनि पहिले बिचरा भनेको लोग्नेको कडा निन्दा गर्दै पहिले गाली गरिरहेको आइमाइको वकालत गर्दै थिए |

सारमा भन्नु पर्दा कुनै पनि निर्णय सतही कुराको आधारमा मात्रै गर्न हुदैन | गहराईमा गएर हेर्न पर्छ |

No comments:

Post a Comment