छट्टूस्याल
एउटा जंगलका दुइवटा स्यालहरु आफुलाई दुनियाकै सबैभन्दा कुटिल बुद्धि ठान्दथे | एकदिन घुम्दा घुम्दै एउटा सिहं सुतिरहेको देखेछन | उनिहरुको दुष्ट बुद्धि उम्लन थालेछ | अनि गएर सिंहको जुंगो तानेछ | सिहंलाई पनि झोक चलेछ | अनि त एकै झपटामा दुवैलाई परलोक पुर्याईदिएछ |
सार: आफूभन्दा ठुलो शांत भएर बसेकोछ भन्दैमा कमजोर ठानी हेप्न वा जिस्काउन हुदैन |
पोथी बास्दा
एकादेशमा केही भालेहरू थिए | तिनका पोथिहरू मध्ये दुइटी आफुलाई निक्कै टाठी ठान्दिरहिछे | एकदिन के उपद्रो गरौ जस्तो लागेर भालेझै बासी दिएछीन | अब त्यो उनीहरूले गारीरहने काम भएपो समयको ख्याल हुन्थ्यो | बेला न कुबेला बासेको सुनेपछि मानिसहरुले यो के अनिष्ट हुन लाग्यो भंठानेर सबैलाई सिध्ध्याई दिएछन |
सार: आफूले नजानेको कुरामा प्वाक्क बोल्न हुदैन | बोल्न पाए भन्दैमा जथाभावी बोल्न हुदैन अथवा बोल्दा बुद्धि पुर्याउनु पर्छ |
भन्नेलाई फूलको माला, सुन्नेलाई सुनको माला |
यो कथा बैकुण्ठ जाला, भन्ने बेलामा खुरुक्क आउला ||
No comments:
Post a Comment