Saturday, January 28, 2012

सरस्वती बन्दना

आज सरस्वती पूजाको दिन केहि नभए पनि दुई वटा सरस्वती बन्दनाहरु राख्न मन लाग्यो |
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता विधादानं करोतु मे ॥१॥
प्रथमं भारती नाम द्धितीयं च सरस्वती ।
तृतीयं शारदादेवी चतुर्थ हंसवाहनी ॥२॥
पंचम तु जगन्माता षष्टम् वागीश्वरी तथा ।
सप्तमं चैव कौमारी अष्टम् वरदायिनी ॥३॥
नवमं वद्धिदात्री च दशमं ...वह्मचारिणी ।
एकादशं चन्द्रघन्टा द्धादशं भुवनेश्वरी ॥४॥
द्धादशैतानि नामानि त्रिसन्ध्यं यःपठेन्नर ।
जिह्वाग्रे वसति तस्य वह्मरुपा सरस्वती ॥५॥
या कुंदेंदु तुषारहार धवला, या शुभ्र वस्त्रावृता |
या वीणावर दण्डमंडितकरा, या श्वेतपद्मासना ||
या ब्रह्माच्युतशंकरप्रभ्रृति
भिर्दे
वै: सदा वन्दिता |
सा मां पातु सरस्वती भगवती नि:शेष् जाड्यापहा ||

Monday, January 23, 2012

सिस्नोको बोटमा तिउरी फुल्दैन (सिउडीको बोटमा सुनगाभा फुल्दैन )

मैले कथा लेख्छु भनेर आधा लेखि छाडेको त एक बर्ष भन्दा पनि बढी भैसकेछ | निक्कै पछी फेरी ब्लगमा फिर्ता आए | अब नियमित हुने कोशिस गर्छु | पहिले आधा कथा पुरा गरौ है |
पुरानो पोस्ट सहित:
मलाई एउटा कथा लेख्न मन लागेको धेरै भो | तर यो लेख्ने काम गर्न पनि त्रिपुर नै जोडिनु पर्ने जस्तो हुदो रहेछ | मलाई कथा समय सापेक्ष पनि होस्, यसले मन (भावना) पनि छोओस्, र यसले तितो यथार्थलाई पनि अंगालोस् जस्तो लागेको थियो | फेरी यो ब्रम्हाजीको उत्कृष्ट रचना "ऊँट" जस्तो हुने पो हो कि भन्ने डर पनि लागि रहेको छ | थाहा नभएको साथीहरुलाई यहि ऊँट कै पनि कथा छोटकरीमा भन्दिहालौ | ब्रम्हाजीलाई एकपटक सर्वगुण सम्पन्न राम्रो जीव सृष्टि गर्न मन लागेछ | राम्रो आँखा, अग्लो, अनिकालमा पनि बाँच्न सक्ने आदि इत्यादी सबै गुण राखेर बनाउदा त ऊँट पो बनेछ | खैर यो मेरो रचना चाही ऊँट भयो कि हात्ती छुट्याउने जिम्मा पढ्नेलाई नै | यस कथामा मैले जोगीमारा भैरहने दुर्घटनाको सन्दर्भ राखे पनि यसको बास्तविक कारण भने कथामा भएको जस्तो होइन, भैहाले पनि त्यो मात्र एक संयोग हुनेछ | फेरी यो कथामा मैले समयलाई धेरै ध्यान दिएको छैन, भन्नाले पृथ्वी राजमार्ग बनाएको समय वास्तविक भन्दा फरक (कम) छ | यो कथा लामो बनाउने इच्छा हुदाँहुदै पनि छोटो लेख्दैछु विभिन्न कारणले; छोटोमा गल्ति भै हाले पनि थोरै हुने, अनि मेरो टाइप गर्ने अनि साथीहरुको पढ्ने समय पनि बच्ने; पशुपतिको यात्रा पनि हुने सिद्राको व्यापार पनि हुने | अब यो गन्थन छाडेर कथा तिर जाऊ |

Tuesday, November 29, 2011

8 of the World’s Healthiest Spices & Herbs You Should Be Eating

I read this article in yahoo news and found interesting. Thinking the information be useful, I copied it here. If you want to read the original visit the link mentioned as source. Thanks.

Saturday, April 23, 2011

दोहोरो मापदण्ड

आजकलको राजनीतिज्ञको बारेमा पढ्दा मलाई उहिलै पढेको कथाको याद आयो जसमा एउटा पुरोहित (बाजे, पन्डित)को चलाखी (धुर्ताता) बयान गरिएको छ | यस कथामा एक जना पुरोहित हुन्छन जो अत्यन्तै चलाख छन् | एक पटक एक जना गाउँका भलाद्मीको घरमा सर्प आएछ | केटाकेटी डराएर हल्ला गर्दा सर्प पनि डराएर ठुंग्न तयार भएछ | त्यहि बेलामा भलाद्मी आएर लौरोले सर्प मारेछन | अब गाउँमा यो कुरा फैलिए पछी पुरोहित बा आएर भनेछन् "हैन यो के अनर्थ गर्नु भएको? नाग देवताको हत्या? घोर पाप लाग्छ तपाईलाई | यसको परिणाम भोग्नै पर्छ तपाईले |" डराएर भलाद्मीले सोधेछन्, "पुरोहित बा! यसको पाप मोचन उपाय छैन?" आफ्नो अस्त्रले काम गरेको देखि पुरोहित मन मनै फुरुङ्ग पर्दै भनेछन् "तपाईले एउटा पुजा लगाउनु पर्छ अनि ब्राह्मण भोजन गराई मनग्गे दक्षिणा दिए यो पाप कट्छ" भलाद्मीले पुरोहित बाले भने बमोजीम गरेछन् | त्यसको केहिदिन पछी तिनै पुरोहित बाको घरमा पनि सर्प आएछ अनि उनले पनि त्यो सर्पलाई लौरोले हिर्काएर मारेछन् | गाउँलेहरु भेला भएर भनेछन्, "लौ! पुरोहित बा तपाईले यो के अनर्थ गर्नु भएको, हामीलाई सम्झाउने मान्छेले पनि आफै नाग देवताको हत्या गर्नु भएको?" पुरोहित बा ले मुस्कुराउदै भनेछन्, "धत् ! यी काँ को नाग देवता हुन् र? यो त आफ्नो पाप कर्मले सर्प योनीमा भट्कीरहेका यक्ष हुन् | मैले यीनको उद्धार पो गरेको |" आज हामी नेपाली जनताहरु पनि यो कथाका गाउँले झै थुप्रै राजनीतिज्ञ पुरोहितका फन्दामा परेकाछौ, सबैले त्यहि कर्म गरिरहेका छन्, आफूले गरे त्यहि राम्रो अरुले गरे नराम्रो |

Saturday, November 6, 2010

समय अनुसार बदलिदो सुर

भानुभक्तको बेलामा यसो भनिन्थ्यो :

भरजन्म घाँसतिर मन दिइ, धन कमायो
नामै क्यै रहोस भनि, कुवा खनायो
घाँसी दरिद्र तर बुद्धि कस्तो
मो भानुभक्त धनी भैकन पनि आज यस्तो

समय बदल्यो, अनि सुर पनि बद्ल्यो | अब हाम्रो पालामा यस्तो भनिन्छ:

Monday, October 25, 2010

जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

मैले इन्टरनेटको समाचार र ब्लगहरु चाहार्दा पढेका प्रतिक्रियालाई संछेपीकरण गर्दा के निर्क्योल निकाले भने धेरै नेपालीहरु देशका लागि केहि गर्न चाहन्छन् तर मेसो नपाएर अथवा हौसाउने नपाएर लाचार भएका छन् | अब यसलाई केमेस्ट्रीको भाषामा भन्नु पर्दा "क्याटलिस्ट" को कमि हो कि जस्तो पनि लाग्यो | त्यसैले मैले मेरो ब्लगमा केहि पौरखी व्यक्तिहरु, जसले नेपालको लागि केहि गरे, लाई पनि ठाउँ दिने विचार गरि यो नया सृंखला "जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी" सुरु गर्दै छु | यसले एक जना मात्रै भएपनि देशको लागि केहि गरौ भन्ने लाई "क्याटलाइज" गर्न सक्यो भने मेरो यो सृंखला को उद्देश्य सफल भएको ठान्ने छु | अब म आफै पत्रकार अथवा पत्रकारिता सम्बन्धित व्यक्ति नभएकोले वहाँहरुको बारेमा यहि इन्टरनेटबाटै बटुलेका सामग्रीहरु पस्कनेछु |

Friday, October 15, 2010

देशका कर्णधार

मलाई आज पनि खै किन हो किन धेरै पहिले पढेको एउटा हिन्दी कविता (तुक्का) याद आयो | यो कविता मैले लेखेर नराखेकोले यसको स्रोत र समय ठ्याक्कै थाहा भएन | म त्यस्तै ६-७ कक्षा पढ्थे | घरमा रविवार्ता, दिनमान, धर्मयुग, सरिता, मुक्ता जस्ता हिन्दी पत्रिका आउथ्यो | तिनै मध्ये कुनैमा पढेको हुनु पर्छ | फेरी यो शब्द-शब्द याद भएर लेखेको पनि हैन, भावार्थ मिलाउन खोजेको मात्रै हो | जे होस् कविता यस प्रकार छ-

मेरा पहला बेटा
डाक्टर हो के बीमार हो गया
मेरा दूसरा बेटा
इंजिनियर हो के लाचार हो गया
मेरा तीसरा बेटा
साहित्यकार हो के बेकार हो गया
मेरा चौथा नालायक बेटा
नेता बनके देशका कर्णधार हो गया |

Wednesday, October 13, 2010

मपाईं

मलाई भैरव अर्यालको व्यंग्य सार्है राम्रो लाग्छ | उनको व्यंग्यले घोचेर लडेकाहरु पनि पेट मिचिमिची हाँसिरहेका हुन्छन, यस्तो लाग्छ कि कसैले उसलाई नाईट्रस अक्साइड (हसाउने वायु) सुँघाएर हिर्काएको होस् | आफ्नो पाठ्यपुस्तक पढ्न उत्तिको रुचिकर नलागेता पनि उनको जयभुँडी आइ. एस्सी. को पाठ्यपुस्तक नै भएपनि चाख मानी मानी पढेको मैले अझै पनि बिर्सेको छैन | उनको एउटा व्यंग्य "मपाई" मलाई सान्दर्भिक भएको जस्तो लगेर यहाँ साभार गर्दै छु | भैरव अर्यलकै शब्दहरु सापट लिएर भन्नु पर्दा मपाईंत्व एक नशा हो, यसले लट्ठयाएपछि कक्टेल पार्टीका श्रीमानहरुले झैं सब मपाईंहरु एकअर्काका बीच ठक्कर खान र चर्किन थाल्दछन्। सम्झनुभएन? राम र रावणको मपाईंत्व बजारिएर लङ्का डढयो, भीम र दुर्योधनको मपाईंत्व चर्केर कुरुक्षेत्र बन्यो। यस्तै मपाईं मपाईंको चर्काचर्कीमा हिरोशिमामा एटम बम पड्क्यो, त जर्मनी खड्गीज्यूकहाँको बनेल बन्यो। अब नेपाल चाही के बन्ने हो समयले मात्रै बताउन सक्छ, म त सक्दिन |

Tuesday, October 12, 2010

6 doctor-recommended sleep aids

साभार:
http://www.cnn.com/2010/HEALTH/10/12/rs.sleep.aids/index.html?hpt=C2
By Eleni N. Gage, RealSimple.com
October 12, 2010 8:28 a.m. EDT

मेहनत गरेपछि थाकिन्छ, त्यसपछि राती मस्तसंग सुत्यो; सबै थकान मेटेर भोलि बिहान तरो-ताजा भएर उठ्यो | सुन्दै आनन्द आउने कस्तो मज्जा, तर यस्तो दैनिकी सधै सबैको हुदैन | कसैकसैलाई कहिलेकाही जति कोल्टे फर्केपनि निद्रादेवीले ग्वाम्म अंगालो हाल्न आउदिनन् | भोलिको दिन त बेकार नै जान्छ | त्यस्तो बेलामा यो लेखले केहि मद्दत गर्न सक्छ कि भनेर यहाँ राख्दैछु | यसमा भएको बिज्ञापनको सत्यता मैले परिक्षण गरेको छैन अर्थात मैले यहाँ भनेको लिंकबाट एउटा पनि सामान अथवा औषधि किनेको छैन | र यो लेख पढ्नु अघि मलाई मेलाटोनिन बारेमा मात्रै थाहा थियो जुन सामान्यतया सबै स्टोरहरूमा भेटिन्छ जस्तै Costco, Walmart आदि|

Saturday, October 9, 2010

बडा दशैं २०६७ को शुभकामना















आयु द्रोणसुते, श्रीय
म् दशरथे, शत्रुक्षयम् राघवे,
ऐश्वर्य
म् नहुषे, गतिश्च पवने, मानं च दुर्योधने ।
सौर्य
म् शान्तनवे, बलम् हलधरे सत्यम् च कुन्तिसुते,
विज्ञानं विदुरे भवतु भवतां, कीर्तिश्च नारायणे ।।

जयन्ती मंगला काली भद्रकाली कपालिनी
दुर्गा, क्षमा, शिवधात्री स्वाहा स्वधा नमोस्तुते ।

Thursday, October 7, 2010

मेरी बहिनी

अब लेखि सकेपछी आफ्नो पनि एउटा कविता राखौ जस्तो लग्यो | यो कविता मैले मेरी बहिनी लाई जिस्काउने हिसाबले धेरै पहिले लेखेको हो | तरुण बेलामा धेरैजसोले एक-अर्काको उपनामहरु राखिदिएका हुन्छन जिस्काउनको लागि | धेरैजसो त यो हल्का-फुल्का र रमाइलो नै हुन्छ तर कहिले काहि अलि बढी भैदिन्छ | मेरी बहिनी पनि अरुलाई यस्तै उपनाम दिन खप्पिस (उस्ताद) थिई | अनि मलाई पनि उसमाथि कविता नै लेख्ने रहर चल्यो र यो कविता लेखिदिए | मलाई त राम्रै लागेको थियो त्यसैले यहाँ राख्दैछु, बहिनी रश्मी पक्कै रिसाउदीन भन्ने लगेर |

सबसे बड़ा अदाकार

मैले एउटा पुरानो हिन्दी कविता यहाँ राख्छु भनेको पनि निक्कै भएछ, तर साइत जुर्न सार्है गार्हो भो | आज जसरि भएपनि राखी छाड्छु भनेर कम्मर कसे | यो कबिता धेरै पुरानो हो | यो २३ दिसम्बर १९८३ को "माधुरी" फ़िल्मी पत्रिकामा इब्राहिम "अश्क" ले लेखेका हो तर मैले चाही ११९० तिर पढेको हुनुपर्छ (ठ्याक्कै थाहा भएन) | यस कविताको उम्मेदवारले आफू बाहेक कसैलाई पनि राम्रो देख्दैन जस्तो कि अहिले नेपालमा प्र. म. को लागि कसैले पनि आफू बाहेक अरुलाई उचित देख्दैन | जे होस् कविता यस प्रकार छ -

Tuesday, September 28, 2010

प्र. म. को उम्मेदवार

नेपालको प्रधान मन्त्रि छान्ने प्रक्रिया पनि रमाइलो लाग्न थाल्यो | सोचे यसमा एउटा कविता किन नलेख्ने ? बस समाते कलम कोर्न थाले | तर यो मेरो मौलिक शैली (तर्ज) भने हैन | मैले २०३८-३९ साल तिर हिन्दी फिल्मी पत्रिका "माधुरी" मा एउटा यस्तै कविता पढेको थिए नयाँ हिरोको खोजीको बारेमा | मलाई त्यो मन परेर मेरो नोटबुकमा सारेको थिए | त्यो हिन्दी कविता निक्कै लामो भएकोले अहिले मैले साभार गर्न भ्याइन, पछी पक्कै राख्ने छु | अहिलेलाई मेरो कविता मात्रै |

Monday, September 6, 2010

पंचतंत्रको कथा: बाँदर र बिरालाहरु

(यो कथा ठ्याक्कै पुरानो कथासङ्ग नमिल्ना पनि सक्छ)
एकादेशमा तीनवटा बिरालाहरु थिए | तिनीहरु अत्यन्तै इर्स्यलु र लोभी थिए | एउटाले पाएको अर्कोले डाहा गर्ने, अर्कोले पाएको भाग नै ठुलो देख्ने | एक पटक तिनीहरुले एउटा ठुलो रोटि भेटाए | संगै भेटाए, बाड्न त पर्यो, अनि एउटाले भाग लगायो | बाँकी दुइवटा उफ्र्यो "लोभी बजिया, आफूलाई ठुलो भाग राखि हामीलाई सानो दिन्छस" | कसैगर्दा पनि कुरो मिलेन, जसले भाग लगाएपनि बाँकी दुइटालाई चित्त नबुझ्ने | अब भएन बरु अरुलाई बडिदेउ भन्नुपर्यो भन्नेमा तीनवटैको मत मिल्यो | सो अनुरुप तिनीहरुले छिमेकी बाँदरलाई बोलाए | बाँदर बाठो थियो | उसले त्यो भाग लगाएको रोटि देखेर भन्यो | ओहो ! यो भाग ठुलो रहेछ, अनि अलिकति त्यहाँबाट चिमोट्यो अनि खायो | अब अर्को भाग ठुलो देखियो, त्यो पनि चिमोट्यो र खायो | एवंरीतले ती बिरालाहरुले हेर्दा हेर्दै बाँदर सबै रोटि खाई भ्यायो | त्यसैले आपसमा नमिल्दा अर्कोले फाइदा उठाउँछ | ती तीन बिरालाहरु जसले आफ्नो घरमा आफैले छिमेकी बोलाएर धोखा खाएर रुदै कराउदै उफ्रिरहेको हामीले अझैपनि देखिरहेका हुनसक्छौ |

Friday, September 3, 2010

रसायनिक प्रेम (Chemical Love)

यो कविता मैले एम. एस्सी. प्रथम बर्ष हुदाँ "ChemSA" ले बार्षिक रुपमा निकाल्ने पत्रिका "Spectrum" मा छाप्नको लागि लेखेको थिए | पहिले छ्यासमिसे नेपालीमा तर पछी "Spectrum" को लागि पुरै अंग्रेजीमै अर्को कविता तयार पारे | दुवै यहाँ राखेको छु जुन मन लाग्छ त्यहि पढ्नुस् |