मनोभाव

यसमा मेरो मनमा खेलेका, बुद्धिमा मथेका कुराहरु आफ्नै लागि राख्ने गरेको छु | मैले यहाँ लेखेको कुरो ठिक-बेठिक, साचो-झुठो, सत्य-असत्य जे पनि हुन सक्छ | केहि कुरा समय अनुसार परिवर्तन होलान् भने केहि सदाबहार होलान् | आफ्नो विवेकले हाँस जस्तो भै दुध-दुध पिउनु भएपनि स्वागत्, सबैलाई वाहियात भन्नु भएपनि स्वागत्, केहि लेखि हाल्न मन लागेर लेख्नु भएर आफ्ना डोवहरु राख्नु भए पनि स्वागत्, नलेखी चुपचाप निस्कनु भएपनि स्वागत् | यहाँ झुक्केर अथवा आउनै मन लागेर, जसरि आउनु भएपनि स्वागत् | यहाँहरु सबैलाई मेरो मनोभाव पढ्न स्वागत छ |

Tuesday, September 28, 2010

प्र. म. को उम्मेदवार

नेपालको प्रधान मन्त्रि छान्ने प्रक्रिया पनि रमाइलो लाग्न थाल्यो | सोचे यसमा एउटा कविता किन नलेख्ने ? बस समाते कलम कोर्न थाले | तर यो मेरो मौलिक शैली (तर्ज) भने हैन | मैले २०३८-३९ साल तिर हिन्दी फिल्मी पत्रिका "माधुरी" मा एउटा यस्तै कविता पढेको थिए नयाँ हिरोको खोजीको बारेमा | मलाई त्यो मन परेर मेरो नोटबुकमा सारेको थिए | त्यो हिन्दी कविता निक्कै लामो भएकोले अहिले मैले साभार गर्न भ्याइन, पछी पक्कै राख्ने छु | अहिलेलाई मेरो कविता मात्रै |

Monday, September 6, 2010

पंचतंत्रको कथा: बाँदर र बिरालाहरु

(यो कथा ठ्याक्कै पुरानो कथासङ्ग नमिल्ना पनि सक्छ)
एकादेशमा तीनवटा बिरालाहरु थिए | तिनीहरु अत्यन्तै इर्स्यलु र लोभी थिए | एउटाले पाएको अर्कोले डाहा गर्ने, अर्कोले पाएको भाग नै ठुलो देख्ने | एक पटक तिनीहरुले एउटा ठुलो रोटि भेटाए | संगै भेटाए, बाड्न त पर्यो, अनि एउटाले भाग लगायो | बाँकी दुइवटा उफ्र्यो "लोभी बजिया, आफूलाई ठुलो भाग राखि हामीलाई सानो दिन्छस" | कसैगर्दा पनि कुरो मिलेन, जसले भाग लगाएपनि बाँकी दुइटालाई चित्त नबुझ्ने | अब भएन बरु अरुलाई बडिदेउ भन्नुपर्यो भन्नेमा तीनवटैको मत मिल्यो | सो अनुरुप तिनीहरुले छिमेकी बाँदरलाई बोलाए | बाँदर बाठो थियो | उसले त्यो भाग लगाएको रोटि देखेर भन्यो | ओहो ! यो भाग ठुलो रहेछ, अनि अलिकति त्यहाँबाट चिमोट्यो अनि खायो | अब अर्को भाग ठुलो देखियो, त्यो पनि चिमोट्यो र खायो | एवंरीतले ती बिरालाहरुले हेर्दा हेर्दै बाँदर सबै रोटि खाई भ्यायो | त्यसैले आपसमा नमिल्दा अर्कोले फाइदा उठाउँछ | ती तीन बिरालाहरु जसले आफ्नो घरमा आफैले छिमेकी बोलाएर धोखा खाएर रुदै कराउदै उफ्रिरहेको हामीले अझैपनि देखिरहेका हुनसक्छौ |

Friday, September 3, 2010

रसायनिक प्रेम (Chemical Love)

यो कविता मैले एम. एस्सी. प्रथम बर्ष हुदाँ "ChemSA" ले बार्षिक रुपमा निकाल्ने पत्रिका "Spectrum" मा छाप्नको लागि लेखेको थिए | पहिले छ्यासमिसे नेपालीमा तर पछी "Spectrum" को लागि पुरै अंग्रेजीमै अर्को कविता तयार पारे | दुवै यहाँ राखेको छु जुन मन लाग्छ त्यहि पढ्नुस् |