मनोभाव

यसमा मेरो मनमा खेलेका, बुद्धिमा मथेका कुराहरु आफ्नै लागि राख्ने गरेको छु | मैले यहाँ लेखेको कुरो ठिक-बेठिक, साचो-झुठो, सत्य-असत्य जे पनि हुन सक्छ | केहि कुरा समय अनुसार परिवर्तन होलान् भने केहि सदाबहार होलान् | आफ्नो विवेकले हाँस जस्तो भै दुध-दुध पिउनु भएपनि स्वागत्, सबैलाई वाहियात भन्नु भएपनि स्वागत्, केहि लेखि हाल्न मन लागेर लेख्नु भएर आफ्ना डोवहरु राख्नु भए पनि स्वागत्, नलेखी चुपचाप निस्कनु भएपनि स्वागत् | यहाँ झुक्केर अथवा आउनै मन लागेर, जसरि आउनु भएपनि स्वागत् | यहाँहरु सबैलाई मेरो मनोभाव पढ्न स्वागत छ |

Tuesday, September 28, 2010

प्र. म. को उम्मेदवार

नेपालको प्रधान मन्त्रि छान्ने प्रक्रिया पनि रमाइलो लाग्न थाल्यो | सोचे यसमा एउटा कविता किन नलेख्ने ? बस समाते कलम कोर्न थाले | तर यो मेरो मौलिक शैली (तर्ज) भने हैन | मैले २०३८-३९ साल तिर हिन्दी फिल्मी पत्रिका "माधुरी" मा एउटा यस्तै कविता पढेको थिए नयाँ हिरोको खोजीको बारेमा | मलाई त्यो मन परेर मेरो नोटबुकमा सारेको थिए | त्यो हिन्दी कविता निक्कै लामो भएकोले अहिले मैले साभार गर्न भ्याइन, पछी पक्कै राख्ने छु | अहिलेलाई मेरो कविता मात्रै |

छ नेपालमा एउटा प्र. म. को खाँचो
सबै सभासदले झिके आ-आफ्नै साचो
खुल्दुली लागि रोकी सोधे एक सभासदलाई
के हुदैछ संसदमा केहि बताइदिनुहुन्छ कि दाई

हतारोमा भएपनि शायद मुडमै थिए
लेख्न तम्से म पनि उनले जे जे कहे
मैले सोधे झल हुन्छन प्र. म. यहि छ सबतिर हल्ला
उनले भने माधब र के. पी. ले बनाइसके उसलाई चल्ला
मैले भने प्रचण्ड त हुन् नि तगडा उम्मेदवार
पिपल पाते छन् तिनी हुन्छ तिनको पनि हार
अनि रामचन्द्रको बारेमा के विचार छ त दाई
मुसुक्क हास्दै भने प्र. म. बन्न पुग्दैन उनको उचाई
फेरी मैले सोधे शेर बहादुर त छन् नि सक्षम
उनि त हुन् उहिलै साबित भैसकेका अक्षम
बाबुराम त निक्कै पढेलेखेका विद्वान हुन्
अझै उनि राजनीति को क ख सिक्दै छन्
आफ्नो दावा गर्दै छन् नि विजय गच्छदार
धत् के भनेको यस्तो ती त मान्छे हुन् बेकार
फेरी भने उपेन्द्र त मान्छे हुन् नि क्रान्तिकारी
हत्तेरी तिनी त मात्र हुन् नेपालको लागि भारी

छक्क पर्दै सोधे हैन कोहि छैन त नेपालको प्र. म. हुन लायक
दङ्ग परि हास्दै भने तिम्रै अगाडी त छ अहिलेको जन-नायक

यसको हिंदी कबिता यस प्रकार छ | यो कबिता उहीलै को हो त्यति बेला संजय दत्त, सनी देओल, राजीव कपूर आदि भर्खरै फिल्म खेल्न सुरु गरेका थिए |

सबसे बड़ा अदाकार

थी फिल्मसाजको नए हीरोको जुस्तजू
आए कई जवान थे देने को इंटरव्यू
इक जवान उनमे बडाही अजीब था
वो "हाफ मैड" होने के बेहद करीब था
पूछा ये फिल्मासाजने साहब बताइए
क्या आपकी पसंद है हमको सुनाइए
सबसे बड़ा बताओ अदाकार कौन है?
जो "आइडियल" है आपका फनकार कौन है?

हजरत वो कुछ ना बोले फकत मुस्कुरा दिए
तव खुदही फिल्मसाजाने कुछ नाम ले लिए
पूछा, दिलीप कुमार तो अपनी मिसाल है
बोले की छोडिये वो बहुत 'ओल्ड माल' है

बाकि पछि ............

2 comments:

  1. Wonderful poem! Keep it up. Abba ti sabai Neta ji harulai rajaniti ko formula khuwanu paryo sunil.

    ReplyDelete
  2. मन पराइदिएकोमा धन्यवाद | तिमी फर्मुला बनाउ म ख्वाउने व्यवस्था मिलाउला |

    ReplyDelete