मनोभाव

यसमा मेरो मनमा खेलेका, बुद्धिमा मथेका कुराहरु आफ्नै लागि राख्ने गरेको छु | मैले यहाँ लेखेको कुरो ठिक-बेठिक, साचो-झुठो, सत्य-असत्य जे पनि हुन सक्छ | केहि कुरा समय अनुसार परिवर्तन होलान् भने केहि सदाबहार होलान् | आफ्नो विवेकले हाँस जस्तो भै दुध-दुध पिउनु भएपनि स्वागत्, सबैलाई वाहियात भन्नु भएपनि स्वागत्, केहि लेखि हाल्न मन लागेर लेख्नु भएर आफ्ना डोवहरु राख्नु भए पनि स्वागत्, नलेखी चुपचाप निस्कनु भएपनि स्वागत् | यहाँ झुक्केर अथवा आउनै मन लागेर, जसरि आउनु भएपनि स्वागत् | यहाँहरु सबैलाई मेरो मनोभाव पढ्न स्वागत छ |

Friday, September 3, 2010

रसायनिक प्रेम (Chemical Love)

यो कविता मैले एम. एस्सी. प्रथम बर्ष हुदाँ "ChemSA" ले बार्षिक रुपमा निकाल्ने पत्रिका "Spectrum" मा छाप्नको लागि लेखेको थिए | पहिले छ्यासमिसे नेपालीमा तर पछी "Spectrum" को लागि पुरै अंग्रेजीमै अर्को कविता तयार पारे | दुवै यहाँ राखेको छु जुन मन लाग्छ त्यहि पढ्नुस् |

पहिले नेपाली:

जब पहिलो पटक तिमीलाई देखे
यो रासायनिक कविता मैले लेखे
जति जति तिम्रो याद आउछ
Muscone को सुबास बातावरणमा छाउछ

तिम्रो Oxygen स्वरूप देखेर
मेरो मन Hydrogen बनि पानी भैगयो
Platinum जस्तो कडा मेरो यो मन पनि
यति चाडै कसरि Melt भयो

तिम्रो मुखमंडलको Electron Cloud मा
मैले आफैलाई गुमएछु
मेरो जीवनको हरेक Reaction मा
तिमिलाईनै Catalyst बनाएछु

तिम्रो Reagent रुपी प्रेम-पत्रले
मेरो मनमा प्रेम Precipitate भएकोछ
उचित बातावरण पाएर होला
प्रेम को सुन्दर Crystal बनेकोछ

तिम्रो Civitone जस्तो मिठो सुवासमा
म दिनानुदिन डुब्दै गए
पहिले मदहोश, अनि क्रमश: बढ्दै गइ
अन्तत म बेहोश नै भए

त्यसैले थाहै पाइन कसरि तिमी
मेरो सामुबाट Campohr झै Sublimate भयौ
मलाई Unstable Carbonium ion बनाई
तिमि Best Leaving Group बनेर गयौ

उदास भएर मा Alcohol को
शरणमा गए
मुटुमा मेरो Fission भै
म छिया छिया नै भए |

अब English

As firstly I glanced upon you
Love was precipitated in chemical point of View
Since then you were in my mind
I felt civitone was spread behind

Your oxygenic appearance
made my heart water as if it were of hydrogen
It started to warm up rapidly
Which used to be liquid nitrogen

In your facial electronic cloud
I found myself lost
You have become a catalyst
In every reaction of my heart

Once when you touched me
That acted as salt-bridge
Our hearts being electrods
Exchanged love with great ease

Seed-crystal like your love letter
Recrystallized my love much better
In your musconic odour
I became too blind to look at other

That's why I could not notice
When you got protonated
You've become a best leaving group
Leaving me as substituted

As a nucleophilic attack on a carbonium ion
I was attacked by alcohol
There occured fissen in my heart core
Leaving behind the sign of life no more

1 comment:

  1. tesailey mero prem thos bat drav hundai aba gas bhai sakyo.

    ReplyDelete