आज मेरो ब्लगमा मैले मेरो साथी सुरेन्द्र गौतमसंगको विद्धुतकणीय पत्र (इमेल, अब उप्रान्त विपत्र) को आदान-प्रदानमा भएको कुराकानीको केहि अंशलाई राख्ने विचार गरे | यो विपत्रको पहिलो वाक्यले नै मेरो मनमा खुल्दुली जगायो र यो निरन्तर बढ्दै गयो | यस विपत्र पढेर मलाई साह्रै रमाइलो लाग्यो | हुन त मलाई लागेको अनुभव सबै लाई नलाग्न सक्छ तर पनि यो विपत्र पढ्दा आफूलाई मेरो ठाउँमा राखेर पढ्नुहोला | अनि मैले पनि पूर्ण प्रयास गरे कि त्यो विपत्रको जवाफ उत्तिकै खुल्दुली पूर्ण राहोस् | मेरो प्रयास सफल भयो कि भएन मलाई थाहा छैन बरु पढेर थाहा पाउनु भयो भने प्रतिक्रियामा लेखिदिनु होला |
साथी सुरेन्द्र गौतमले लेख्नु भएको पत्रको अंश:
तपाईसंग एउटा कुरा सोध्न मन लागि रहेको थियो | जहिले पनि सोधु कि नासोधु जस्तो लाग्छ | हुन त तपाइलाई जे सोधेपनि रिसाउनु हुन्न नै भन्ने मनमा विश्वास छ | तर पनि मान्छेको मन न हो | तैपनि सोधेको कुरा कतै मनपर्दैन कि जस्तो लगेर पनि आउछ | आज चाही जे सुकै होस् सोधेरै छाड्छु जस्तो लग्यो | कति दिन नसोधिकन बस्ने ? हुनत दिन होइन महिनौ अगाडी अझ साच्ची भन्ने हो भने केहि बर्ष अगाडी नै यो कुरा मेरो मनमा आएकोथियो | दिन बित्न कति समय लाग्छ र? सोधुला भन्दा भन्दै दिन, महिना हुदाहुदा सालहरु पनि बित्दैगए | तपाई USA तिर लागि हाल्नुभयो | पछी त पश्चाताप पनि लाग्यो
तपाई काठमाडौँ हुदै किन सोध्न सकिन भनेर | फेरी बितेको समय र बगेको खोला फर्किन्न भन्ने ठानेर चित्त बुझाए | पछी म पनि यहाँ BHU आइहाले | यहाँ आएपछि पनि त हाम्रो मेल इरेगुलर नै हुन्थ्यो नि हैन र ? अहिले केहि महिना देखि पो हामी रेगुलर टच मा बसेका छौ | रेगुलर टचमा बस्न सकेर नै हो अब चाही सोध्नु ढिलो गर्न हुदैन भन्ने ठाने | फेरी एकदिन तपाइको मेलबाट तपाई मे महिनामा नै काठमाडौँ आउदै हुनुहुन्छ भन्ने थाहा पाएर निक्कै खुसि भए, धेरै बर्षको कुरा अब त फुकाउन पाउनेभइयो भनेर | म त साच्ची भन्ने हो भने दिन पो गनेर बसेको थिए | तर तपाई आउन नपाउने थाहा पाउदा के गर्ने यस्तै रहेछ समयको खेल आफूले सोचे जस्तो हुदो रहेनछ भन्ने ठानेर बसे | हुनत यो ५-६ महिना पछि तपाई आउनुहुन्छ तर पनि के गरु के गरु भन्ने लगेर धेरै दिन देखि अलमल पारिरहे | तपाई आएपछि नै सोधुला भन्ने पनि लाग्यो | आखिर यत्तिका बर्ष त बित्यो भने अब कति नै दिन हो र ? तपाई संग भेट त ५-६ महिना भित्र भै नै हाल्छ नि | यता २-४ दिन देखि चाही खै किन हो मनमा अति नै खुल्दुली भैरह्यो | यत्रो समय देखि यति धेरै खुल्दुली कहिल्यै भएन | त्यसैले आज जे सुकै होस् भन्ने ठानेर सोध्ने हिम्मत गरेको छु | मैले सोध्न खोजेको कुरामा मेरो गल्ति त मैले देख्दिन तर पनि गल्ति नै रहेछ भने पनि माफ नै गरिदिनुहोला पनि म भन्दिन | सबै तपाईकै हातमा छ | मलाई आशा छ | खै के आशा पनि गरु ? सोध्न अहिले पनि अप्ठ्यारो नै लागिरहेकोछ | तैपनि है त सर, आज हिम्मत गरिसकेकोछु सोध्नलाई | प्लिज माइन्ड नगर्नु होला... सर, तपाई चिया किन पिउनुहुन्छ ?
मैले पठाएको जवाफको अंश:
सरलाई जतिको प्रश्न सोध्न दोधार भो, कारण लेख्न मलाई त्यो भन्दा कम अप्ठ्यारो परेको छैन | बास्तवमा कारण सोचे जस्तो अत्यन्तनै सरल छैन | फेरी सरलाई थाहानै छ कि कहिलेकाहि एउटै कुराको पछाडी पनि धेरैवटा कारणहरु हुनसक्छन | मैले पनि निक्कै नै सोचे, सरको प्रश्न पढे देखि नै | घरि लाग्छ सरसंग पनि के लुकाउनु जस्तो लाग्छ | घरि लाग्छ फेरी गफ लायो यो फुच्छेले पो भन्नु हुने हो कि ? यस्तै गर्दा गर्दै सेकेन्डहरु बिते, मिनेटहरु बिते; हुदा हुदै घण्टा नै बित्यो | अब त दिनै पनि निक्कै बित्यो | आ के को अप्ठेरो आफ्नै सुरेन्द्र सरलाई भन्न पनि भनेर मैले मेल गर्न बसे | मेल त गर्न बसे फेरी कसरि शुरु गर्ने भन्ने प्रश्नले सुराषा भन्दा पनि ठुलो मुख बाएर पो बस्छ | ड्याङ्ग अस्तिनै पुलिस र सेनाले गोलि हान्या जस्तो पो भन्ने कि, गिरिजाले जस्तो घुमाई फिराई सांसद राखेरै पो संबिधान सभामा जानु पर्छ भन्या जस्तो घुमाउने पो हो ? माओबादीको जस्तो तुरुन्त का तुरुन्त मन बदलीरहेकोछ | बल्ल मैले माओबादीको अंतर्ब्यथा बुझे | पहिला त लागेथ्यो के ताल देखाको होला ? घरि सत्तामा आउदिन, घरि आउछु, घरि पी एम नै चाहियो, घरि....| खै उनीहरुको मात्रै कुरा गर्ने हो भने त मेरो मुख्य कुरा नै हराउला जस्तो भैसक्यो | अँ त हाम्रो के कुरा हुदै थियो ? ए... ए ... कुरो फेरी कसरि लेख्नेमै आएर अडियो | यो लेख्ने दक्षता पनि कस्तो हुदो रहेछ | विश्वम्भर चंचलले दशैँ र खुड़ो मात्रै भनेर मधुपर्कमा ३ पाना लामो कथा लेखिभ्याए, मैले भने यति सानो कुरा लेख्न पनि शब्दनै नपाउने ? हन यो कलम चलाउनलाई कुनै जमालगोटा छैन ? यहाँ त शब्द लेखन नै गोटा (शब्दको कब्जियत) परिसक्यो आफूलाई | ओहो ! लेख्न खोज्दा खोज्दै त झमक्कै पो हुन लागेछ | बाहिर हेर्दा त उता (नेपाल तिर) को पाँच बजे जस्तो लाग्छ तर सबा आठ पो भैसकेछ | हन टाइम गाँ नि पत्तै हुदोरहेनछ | हुन पनि सरले यत्रो बर्ष सोध्न लगाउनुभो अनि मैले कसरि झट्टै जवाफ दिन सकुला त ? तर पनि प्रश्न आइसकेपछि उत्तर त जानै पर्यो | के गर्ने अहिले सम्म जानेको उत्तरहरु त दिदै नै आएको छु जस्तो लाग्छ, चाहे त्यो प्रश्न गाह्रो होस् या सजिलो, झट्टै सोधिएको होस् या निक्कै काल लगाएर | सरले यसलाई अन्यथा चाही नलिनुहोला | वास्तवमै यो कुराको जवाफ सोचे जस्तो सरल छैन | खैर अब सरलाई जवाफ त दिनैपर्यो |
सरले शुरु शुरुमा मेरो घर आउदा घरमा के देख्नुभो त ? हैन हैन मैले घर भित्र आएपछि सोफा, कुर्सि आदि इत्यादीको कुरा भन्न खोजेको हैन | परैबाट हेर्दा ? भनौ मेरो घर अगाडीको रिलायन्स स्कुलबाट हेर्दाको कुरा गर्दैछु | अनि सरले म कहाँ नियमित रुपमा आउदै जाँदा केहि फरक हुदै गएको ख्याल गर्नु भयो कि भएन ? हैन हैन मैले मेरो कुरा गर्न खोजेको हैन | मेरो घरमा भएको बाहिरैबाट प्रष्टसंग देखिन सकिने कुराको बारेमा भन्दै छु | सरले सम्झनुभो ? अझै अलि जोड दिनुस त, भएन ? त्यसो भए थोरै घटाएर अब गुना गर्दिनुस | अझै पनि भएन ? मलाई लाग्छ सरले मैले भन्न खोजेको कुरा थाहापाउनुभो | हो मैले मेरो घरको बार्दली छेउमा लहरै राखिएको चिजकै कुरा गर्न खोजेको हो | एकदम ठिक, गमला र त्यसमा भएका फूलहरु | सरले साच्चैनै ध्यान दिनु भएकोथियो भने शुरु शुरुमा सर मेरो घरतिर आउदा र पछि पछि आउदा त्यसमा केहि फरक अवश्य पनि देख्नु भएको हुनुपर्छ | धेरै पुरानो कुरा भएकोले बिर्सिसकेको पनि हुनसक्छ | त्यो के भने पहिले ती फूलहरु निक्कै तरो-ताजा देखिन्थे पछि त्यतिको देखिनछाडे | अब भन्नुस कारण के होला ? तपाइले सोच्नुहोला यो के पुंग न पुच्छरको कुरा निकालेको ? चिया र फूलमा के सम्बन्ध ? हैन सर यहाँ गहिरो सम्बन्ध छ | अब सरलाई स्पष्ट नै भन्दिउ, ती फूलहरुले बिहान -बिहानै चिया खान पाउथे | फेरी सोच्नु होला के मैले त्यसको सिको गर्न चिया पिउन थालेको हो त ? अँह, पटक्कै हैन | खासै कुरो चाही मेरो एउटा परम मित्र हुनुहुन्छ, वहाँले मलाई एउटा गुरु मन्त्र दिनुभाथ्यो, "म तपाई काँ आउदा मलाई चिया खाने भनेर सोध्दै नसोध्नुस, खुरुक्क ल्याएर दिए हुन्छ" (यहाँ गुढ़ कुरो के छ भने मलाई यसो भन्ने मेरो साथी सुरेन्द्र जी नै हो )| अनि मेरो वहाँ जस्तो महापुरुषको सङ्गतले गर्दा मेरा फूलहरु पहिले जस्तो तरो-ताजा देखिन छाडे | फेरी सरलाई यहाँ कुरो बिग्रे जस्तो लागेको हुन सक्छ | भन्नुहोला महापुरुषको सङ्गत र फूलको ताजगीमा के सम्बन्ध ? खास कुरो के भने मैले पहिले मेरोलागि भनेर बिहानै आउने गरेको चिया गमलामा भएका फूलहरुलाई दिने गर्थे अनि उनीहरु बिहानै देखि तरो-ताजा देखिन्थे | तर महापुरुषको संगतले मैले पनि चियाको महत्व बुझ्नपाए | अनि मैले मेरोलागि आउने चिया आफैले पिउन थाले | अनि प्राकृतिक रुपमै राम्रा देखिने फूल राम्रा त देखिए तर पहिले जस्तो तरो-ताजा भने देखिएन | सरले कारण भुझ्नुभो जस्तो लाग्छ....
अब यसपछि वहाँको प्रतिक्रिया यसप्रकार थियो:
हा..हा..हा.. नमस्कार..
मैले त कट्टा बन्दुकको गोलि मात्रै हानेको हो त्यो पनि आँखा चिम्लेर, तर बदलामा ठ्याक्कै निसाना लगाएको तोपको प्रभावशाली राम्रो गोलि पाएर निक्कै खुसि लाग्यो | तर अफसोच अहिले मसंग बम बनाउने सामग्री छैन है सर.. बाई... हा.. हा.. हा..

यो दुई जना महापुरुषहरुको tea talk चियामा नै केन्द्रित भएको देखिए पनि त्यो वस्तुपरक मात्रै हो भने मैले ठानेको र भावमा अर्कै हो जस्तो लाग्यो ! कथं-कदाचित यो कुरोको चुलोमा वस्तु र भावको बरोबर भाग रहेछ भने त एउटा कुरो आउछ त्यो हो महापुरुषहरुको महापुरुशत्व अनि यस्तोमा म जस्ताको कमेन्टले के नै लछार-पछार लाउन सक्छ र ?
ReplyDelete