मलाई त यो रोग नै लग्यो कि क्याहो? बसन्तजीले आफ्नो ब्लग (http://giri25.blogspot.com/2010/07/blog-post_31.html ) मा डराएका थिए कि उनी कुनै कुलतमा त फसेका हैनन् ? म त फेसबुक र ब्लग को दोहोरो मारमा पर्न लागे जस्तो लग्यो | जे होस् अहिले फेसबुकमा रमाइलो भैरहेको छ | मलाई सबै भन्दा राम्रो विनयसंगको "कोहोरी" लागिरहेको छ | फेरी यो "कोहोरी" भन्ने कुन जन्तु पर्यो भन्नु होला, यो "दोहोरी" को साख्खे बहिनी परेपनि यसको "फोहोरी" संग भने पर-परको पनि नाता (भन्छन नि घोडा बेचेको साइनो) पर्दैन | यसको अभ्युदय कसरि भयो यो फेसबुकको जीवन्त "कोहोरी" पढेरै थाहा पाउनुस |
यसको सुरुवात विनयले मेरो फेसबुकको भित्तोमा लेखेबाट सुरु हुन्छ
विनय :आफूभित्रको गुब्बारलाई पोख्न खोज्दा .................
सुनिलदाईको पर्खालमाथि आक्रमन गरूँ-गरूँ जस्तो लाग्यो मलाई,
बिगत देखिको परिस्थिति र परिवेशले जुझारु बन्न लगायो मलाई !
साथी-संगी भन्दो होलान प्रतिक्रिया दिन कति मन लाग्यो यसलाई,
अन्तरमनको व्यथा र भोगिरहेको पीडा सुनी दिने फुर्सद छ कसलाई !!
बसन्त: नयाँ कवी जन्मिएको हो की सर पुरानै कवी हो?
विनय: हिन्दी मा उखान छ "जब उठो तभी सबेरा" तपाइले अहिले थाहा पाउनु भो भनेपछि तपाईको नजरमा नया त भइयो नि कि कसो !
सुनिल:
आजकल सबै व्यथित मनहरुमा बदलाको भावना जागेकोछ
हाम्रो सुन्दर-शान्त देशबाट धेरैनै भयो अमन-चैन भागेकोछ
पढेलेखेका डाक्टरहरु त अरुमाथि आक्रमण को कुरा गर्छन
नपढेका सोझा-साझाहरुको त कुरै छाडौ, उनीहरु अकालमै मर्छन
आज नेपालमा जंगबहादुर हैन, बुध्धको छ बढ्दो माग
हिंसा र बदलाको धुनबाट निकल्नुछ मायाप्रेमको राग
अरुको पर्खाल भत्काउन छाडी आफ्नै बारीमा रोपौ साग
कति अधिकारको मात्रै कुरा गर्छौ, देखाउन अलिकति त्याग
विनय:
बुद्धको बुद्धत्वमा जाममानसको दुख-रोग हो सार,
जंगबहादुरले त शक्ति आर्जित गर्न गरि रहे प्रहार
२५-५० वर्ष भो नेपालमा छिरेको भनि गर्छन प्रचार
त्रेताभन्दा पहिले पनि मिथिला भएको गर्दैन स्वीकार
प्रष्फुटन त्यहाँ हुन्छ जहाँ अतिको हुन्छ समागम
उपनिवेश बनाउदा कहाँ हुन्छ शान्तिको आगमन
सुख-समबृधि-सहकार्य त जहिले पनि हुन्छ पावन
निरादर-उपेक्षाले कतै वर्शिन्छ त शान्तिको सावन
सुनिल:
कतै फुट्नु कतै जुट्नु यो त प्रकृतिको आयाम हो
"जो जीता वही सिकन्दर" यहि नै सबतिर कायम भो
राष्ट्रपति-उपराष्ट्रपति बनाउनु पो हो कि अनादर
धेरै पुरानो लास गन्हौछ ओढाई देउ त्यसमा च्यादर
"खुन का बदला खुन" भन्ने जमाना लाई भनौ बाई बाई
बरु सबै नेपालीहरु बनौ एक-अर्काको दिदी-बहिनी र दाई-भाई
निर्धालाई बलियाले दबाए के पहाड के तराई
आऔ अब सबै मिलेर बसौ, नठानी कसैलाई पराई
विनय:
I don't want to put my political view point but here is the data and fact-sheet which says some thing was/is biased: http://www.nepalnews.com/contents/2010/nepaliweekly/arpan/aug/aug20/local.php#14 (राज्यलाई मधेशी मूल का गुलाम मात्र चाहिन्छ)
फेरी विनय:
इतिहास केलाउदा त त्यसताका गोरखाबाट सबै हारेका छन्
त्यै गोरखाको बाबुरामलाई अहिले क-कले सकारेका छन्
पौराणिक कालमा पनि मिथिला विद्वानहरुको थियो अखाडा,
शास्त्रार्थ त हुन्थे तर त्यहाँ सैनिक मार्-काटको थिएन गुजारा
बसन्त:
गीत बाट प्रश्न उत्तर गरेको लाई दोहोरी भन्छन्, यो कबिता बाट प्रश्न उत्तर गरेकोलाई के भन्दा हुन?
विनय:
नाम दिनु तपाईहरुको काम, यै एउटा विधा हो जसमा मलाई जहिले पनि हुने गर्छ परेशानी
सुनिल:
बसन्तजी लक्ष्मी प्रसाद देवकोटाले भनेका थिए नि, नाम मा के राखेको छ र? गुलाबलाई अरुनाम (जुलाब) भनेर भन्दैमा के यसको सुगन्ध फेरिन्छ र? अब कविता को "क" राख्नुस र दोहोरि" को "ओहोरी" अनि जोड्दिनुस भएन त नयाँ नाम "कोहोरी" .........
फेरी सुनिल:
युध्दको त नियम नै हो कोहि जितछन त कोहि हार्छन
जित्नेले जहिलेपनि मदमा चुर भएर प्रतिद्वन्दीलाई मार्छन
पुरानै कुरा गर्छौ भने किन बिर्सन्छौ कान्तिपुर र नुवाकोट
मिथिला मात्र एक्लो हैन यहाँ धेरैले खाएका छन् चोट
आफ्नो मात्रै एकहोरो शंख नफुक, यहाँ अरुका पनि काटिए नाक-कान
अपवित्र राजनीति न पर्यो, यहाँ जहिलेपनि हुन्छ अस्वस्थ ताना-तान
भूतलाई मात्र हेर्छौ भने, फेरी बाइसे-चौबिसे राज्य नै हो एक समाधान
के पाटलीपुत्र राजधानी भएको पुरानै मिथिलाले मात्र बढाउछ तिम्रो शान
कसले भन्यो यहाँ हिजो भएको थिएन मार-काट
बाबरको अगाडी सबै हारेथे, अकबर भएथे सम्राट
तर यो त यस एकहोरो समाजको नियम न हो
आमाले भुत्लाको विर्सन्छन तर सासुको बचननै ठुलो भो
फेरी पनि सुनिल:
विनय, अब राज्यकै कुरा गर्ने हो भने डा. लेखनाथ काफ्ले ले लेखेको एउटा कविता पढौ र को को गुलाम र को को मालिक भन्ने छुट्याउ...
http://nepalinagarik.blogspot.com/2010/08/blog-post_785.html#more
विनय:
भूतगमन यदि हुने भए पाटलिपुत्र नै किन पुग्न रोज्थें है,
रघुवर कै शरणमा अर्पित भइ मोक्षको बाटो खोज्थ्यें है
राजाजनकको दरवारमा स्वयम्बर हेर्न किन न पुग्थ्यें है
भूतगमन यदि हुने भए पाटलिपुत्र नै किन पुग्न रोज्थें है...२
भरत जस्तो भाइलाई छोडी ज्ञानेन्द्रलाई कसरी हेर्न पुग्थ्यें है
शाषकको शाश्वत देखि पर स्वार्थलिप्त हेर्न किन विवश हुन्थ्यें है
राजाजनकको बागमा सीतालाई फूल टिप्दै हेरी नतमष्तक हुन्थ्यें है
भूतगमन यदि हुने भए पाटलिपुत्र नै किन पुग्न रोज्थें है .......२
अश्तावक्रको शाश्त्रार्थलाई छोडी फेशबूकमा किन रुमल्लिन्थ्यें है
समानताको खोजिमा लाग्दा विरोधाभाषको बोलि किन सुन्थ्यें है
काठमांडू छिर्न मेरो बाले जहिले नि राहदानी किन बोक्नु पर्थ्यो है
भूतगमन यदि हुने भए पाटलिपुत्र नै किन पुग्न रोज्थें है .......२
विनय:
पर्खालको यो भाग धेरै लामो भयो अब यसलाई यहि अस्तु भनि गरौँ नया शुरुवात
"बुद्धको बुद्धत्वमा जनमानसको दुख-रोग हो सार" हुनु पर्नेमा मद्वारा बिगतमा "जाममानस" हुन गएकोले सच्याई पढन अनुरोध छ
ReplyDelete"कोहोरी" र "पद्यार्पण"
ReplyDeleteहुन त म कुनै साहित्यकार होइन तर पनि आफूले जाने अनुसार मूल रुपमा साहित्यको दुइटा विधा हुन्छ एउटा गद्य र अर्को पद्य! कथा, लेख, निबन्ध, समालोचना आदि गद्यमा पर्छन भने कविता, गजल, गीत, हाइकु आदि पद्यमा! गीतलाई सरसर्ती हेर्दा कविताको लयात्मक प्रस्तुति जस्तो देखिन्छ भने हाइकु नयामा आएको शब्दहरुको तुकबन्दी जसलाई कविता कै सानो हरफसंग समावेशी बनाउन सकिन्छ! गजल भन्दा खेरि यसमा हरेक हरफको अर्को हरफसंग तालमेल भए पनि प्रत्येक हरफ आफैमा पूर्ण हुन्छ! यसरी हेर्दा कविता पद्यको मूलमा पर्ने देखिन्छ! अब आउछ कुरो बशंतजीको उत्कण्ठा कवितामा प्रश्नोत्तरको नाम! यसमा हाम्रो साथी सुनिलले कोहोरी नाम जुराउनु भो र अझ यस शब्दको फोहोरीसंग घोडा बेचेको साइनोसम्म पर्दैन भनेर प्रष्ट्याउनु भो!
साइनो नपरे पनि यो शब्द कानमा पर्दा कतै बानेश्वरको अन्तराष्ट्रिय भवनमा नेताहरुले फोहोरी राजनीतिमा चुर्लुम्म डुबेर कोहराम मचाएको जस्तो मलाई लागेकोले कोहोरीको सट्टा पद्यार्पण राख्दा कसो होला! तर यी सब कुरो मैले अंतर्जालको संजालमा राख्नु भन्दा पुर्व धेरै विचार गरें! साथीले "मैले राखेको नाममा पनि अब आक्रमण भयो कि भन्ने हुन् कि" र "कोहोरी शब्दको उत्पत्ति भएकै ठाउँ मा मेरो धारणा किन नआएको भन्ने हुन् कि"! सुनिलजीको "आफ्नै बारीमा रोपौं साग" लाई मनन गर्दै मैले यो धारणा मेरो र हाम्रो ग्रुप संजालमा राखि सके छु र यहाँ सुनिलदाईको प्रतिक्रियाको लागि यहाँ राख्न खोजेको हो!
नाम जुराउदा नै मैले भनिसकेको हो गुलाबलाई जुलाब नै भनेपनि सुगन्ध उही नै रहन्छ | कोहोरी होस् कि पद्धार्पण, मलाई त उत्तिकै रमाइलो लाग्छ | दान्ग्दर साहेबको विश्लेषण भनौ वा चिन्तन सह्रानिय छ |
ReplyDeleteफेसबुक को लत त छैदै छ। जस्को बारेमा मैले मेरो ब्लग्मा(www.giri25.blogapot.com) चर्चा गरेको छु। यो ब्लग्गिङ पनि लत कै रुपमा बिकसित भैरहेको छ। ब्लगिङ मात्रै नभनेर वेब्साइट हरुको चियो चर्चा नै भन्दा बेस होला कि। सुनील सर लाई पनि यो लत ले छोएको लक्षण मैले देखि रा छु है।
ReplyDelete