मनोभाव

यसमा मेरो मनमा खेलेका, बुद्धिमा मथेका कुराहरु आफ्नै लागि राख्ने गरेको छु | मैले यहाँ लेखेको कुरो ठिक-बेठिक, साचो-झुठो, सत्य-असत्य जे पनि हुन सक्छ | केहि कुरा समय अनुसार परिवर्तन होलान् भने केहि सदाबहार होलान् | आफ्नो विवेकले हाँस जस्तो भै दुध-दुध पिउनु भएपनि स्वागत्, सबैलाई वाहियात भन्नु भएपनि स्वागत्, केहि लेखि हाल्न मन लागेर लेख्नु भएर आफ्ना डोवहरु राख्नु भए पनि स्वागत्, नलेखी चुपचाप निस्कनु भएपनि स्वागत् | यहाँ झुक्केर अथवा आउनै मन लागेर, जसरि आउनु भएपनि स्वागत् | यहाँहरु सबैलाई मेरो मनोभाव पढ्न स्वागत छ |

Sunday, August 1, 2010

दुइ कविता

म जब एम. एस्सी. पढ्न रसायनशास्त्र बिभागमा भर्ना भए, मलाई रासायनिक कविता लेख्ने सुर चल्यो | शुरुमा हाम्रो स्वागत तथा सकाएर जान लग्नु भएका को बिदाई को लागि एउटा साझा "स्वागत तथा बिदाई कार्यक्रम" राखिएको थियो | त्यहिँ समारोहमा मैले पहिलो चोटी कविता बाचन गर्ने बिचारले नाम लेखाए; अनि कविता पनि लेखेर लगे | कुनै स्वागत समारोहमा जाँदा मेरो मुटु असाध्यै ढुक-ढुक गरिरहेको पहिलो पटक थियो, जुन असामान्य पनि थिएन | हामी नयाँ बिद्यार्थीहरु सबैलाई आफ्नो परिचय दिन लगाइदै थियो | मैले आफ्नो परिचय पनि काव्यात्मक रुपमा नै दिने विचार गरेर एउटा पानामा कोर्न थाले | धेरैजसो साथीहरुले आफ्नो नाम र घरको बारेमा मात्र भन्दै थिए मैले पनि मेरो नाम र बसाईको बारेमा मात्र भन्ने विचार गरेर एउटा छोटो कविता लेखिभ्याए | आज त्यहि दुइ कवितालाई आजको मेरो ब्लग को रुपमा राख्ने विचार गरे |

मेरो परिचय

हिंसक पसुपंक्षीको यस दुनियाँमा
के बाघ के चिल
एक बेकामे मानिस हुँ म
नाम हो मेरो सुनिल

डाँडा माथिको चौतारीमा
यौटा पिपल यौटा बर
बानेश्वरबासी हुँ म
हमाल हो मेरो थर

माइक्रोफोन समातेर यति भन्दा मेरो हात पनि थरथर भैरहेको थियो | कविता भनु कि नभनु भन्ने दोधारमा परे | यो परिचय कार्यक्रम सकेर लुसुक्क हिडे त भैगो, तर फेरी त्यसरी भाग्न भने मन लागेन | कुर्दै जादा मेरो नाम पनि बोलाइयो | गह्रुङ्गो मुटु लिएर बिस्तारै मन्चमा चढे, मेरो थर्थराई रहेको हातलाई पोडियममा अडाएर कसै गरि कविता बाचन गरि फर्के | त्यो नै मेरो पहिलो सार्बजनिक कविता बाचन थियो र म मन्चमा गएर बोलेको पनि त्यो नै पहिलो थियो |
मेरो हाईट

आदरणीय मान्यजन, प्यारा साथीहरु, दिदि तथा दाई,
जान लाग्नुभएका सिनियरहरुलाई शुभकामनाका साथ बिदाई
र संगै भर्ना हुनुभएका साथीहरुलाई छ स्वागत र बधाई

उभिन यहाँ पाएकोमा लागेको छ खुसि अपार
समारोह आयोजक ChemSA लाई छ भित्रै देखिको आभार

पालेको थिए मनमा एउटा ठुलो साहित्यकार बन्ने धोको
तर आफूसंग भने रहेछ शब्दभण्डारको अत्यन्तै सानो पोको
त्यसैले रचेको छु मैले यौटा Chemical साहित्य
नठान्दिनुस यसलाई सुनिलले झार्न खोजेको पाण्डित्य

कुरा त्यसबेलाको हो जब मैले सुन्न सुरु गरेथे समाचार
त्यसैताका मनमा मेरो आइपुग्यो एक विचार
बीसबर्षे बेकर विम्बल्डन जिती भएथ्यो निक्कै प्रख्यात
आफुपनि बीसतिरै लम्केको भएथ्यो मलाई ज्ञात

मनमनै सोचे मैले पनि अब गर्नुपर्यो कुनै एक्सन
तर दिमागले इनर्ट ग्यास झै दिएन कुनै रियाक्सन

ग्राउंड स्टेटको भ्यालेंसी शुन्य भएकोले
पुग्न सकिदैनथ्यो ठुलो स्तरमा
त्यसैले सोचे आयोनाईजेसन गरि
किन न पुगौ सानै स्तरमा

त्यसको लागि मैले केमेस्ट्री ल्याबलाई नै चुने
लुकी लुकी लाफिंग ग्यास बनाउने योजना मैल बुने
तर अल्पबुद्धि खतरनाक हुदोरहेछ थाहा थिएन मलाई
त्यो समय सम्झने अहिलेपनि आँट छैन मलाई

तयार मैले पर्न खोजेको थिए नाईट्रस अक्साइड
तर तयार भने भैदिएथ्यो हाइड्रोजन सल्फाइड
गन्हाएर साथीहरुले हिर्काउन थाले मलाई फाइट
त्यसैदिन देखि त भयो मेरो यति सानो यो हाइट

यति मै अब गर्दछु आफ्नो
कविताको अन्तिम संस्कार
ल है त साथी, दिदी र दाई हो
बाई बाई र नमस्कार

2 comments:

  1. मित्र ले यो कविता सुनाएको कुरा त याद छ.... सबैले .. वा वा ..वा .. क्या मारा ... क्या तगडा आदि इत्यादी भन्दै बेस्कन ताली पिटेको याद छ..! म चाही त्यस बेला तिम्रो कविता सुनेर धुलो उड्ने गरि ताली पढकाउन्दै उफ्रेको याद छ ! अहिले त्यो कविता पढ्दा त झन मज्जा आउने रहेछ

    ReplyDelete
  2. सथिहरुकै प्रोत्साहनले त लेख्ने उत्साह बढ्दो रहेछ......त्यो बेला तिमीहरुको साथ पाएर नै त हो नि मैले त्यो "Chemical Love" भन्ने कविता "ChemSA" को बार्षिक प्रकाशन "Spectrum" मा छपाएको..... धन्यवाद........

    ReplyDelete