यो कविताको लेखन पनि रोचक भएकोले यहाँ राख्न मन लग्यो | मलाई आशा छ मेरो साथीले यसमा कुनै आपत्ति जनाउदैन | कुरो अगस्त १९ बिहिबार बिहानको हो, यसो स्कुल पुगेर आफ्नो पहिलो काम अर्थात् इन्टरनेटमा चल्ने गर्दै फेसबुक खोल्छु त साथीले मेरो पर्खालमा पो आक्रमण थालेछ | साथीमात्रै गोर्खाली परेनन्, म पनि गोर्खाली नै हूँ क्यारे| अब आइ लाग्ने माथि जाइ लाग्नै पर्यो | उठाए मेरो पनि हतियार, र सुरु गरे प्रत्याक्रमण |
पहिले साथीको आक्रमण
सुनिलदाईको पर्खालमाथि आक्रमन गरूँ-गरूँ जस्तो लाग्यो मलाई,
बिगत देखिको परिस्थिति र परिवेशले जुझारु बन्न लगायो मलाई !
साथी-संगी भन्दो होलान प्रतिक्रिया दिन कति मन लाग्यो यसलाई,
अन्तरमनको व्यथा र भोगिरहेको पीडा सुनी दिने फुर्सद छ कसलाई !!
अब मेरो प्रत्याक्रमण
आजकल सबै व्यथित मनहरुमा बदलाको भावना जागेकोछ
हाम्रो सुन्दर-शान्त देशबाट धेरैनै भयो अमन-चैन भागेकोछ
पढेलेखेका डाक्टरहरु त अरुमाथि आक्रमण को कुरा गर्छन
नपढेका सोझा-साझाहरुको त कुरै छाडौ, उनीहरु अकालमै मर्छन
No comments:
Post a Comment