मनोभाव

यसमा मेरो मनमा खेलेका, बुद्धिमा मथेका कुराहरु आफ्नै लागि राख्ने गरेको छु | मैले यहाँ लेखेको कुरो ठिक-बेठिक, साचो-झुठो, सत्य-असत्य जे पनि हुन सक्छ | केहि कुरा समय अनुसार परिवर्तन होलान् भने केहि सदाबहार होलान् | आफ्नो विवेकले हाँस जस्तो भै दुध-दुध पिउनु भएपनि स्वागत्, सबैलाई वाहियात भन्नु भएपनि स्वागत्, केहि लेखि हाल्न मन लागेर लेख्नु भएर आफ्ना डोवहरु राख्नु भए पनि स्वागत्, नलेखी चुपचाप निस्कनु भएपनि स्वागत् | यहाँ झुक्केर अथवा आउनै मन लागेर, जसरि आउनु भएपनि स्वागत् | यहाँहरु सबैलाई मेरो मनोभाव पढ्न स्वागत छ |

Thursday, August 19, 2010

वान्कोवरको यात्रा र घुम्टो ओढेकी सुन्दरी - ३: घुमघाम व्हिस्लर पार्क

अगस्त ७, शनिबार | हामी नेपाली साधारणतया ठाउँ घुम्ने भन्दा बढी मान्छे भेट्ने तिर उन्मुख हुन्छौ | म किन बिशेष बन्नु, त्यसैले त्यहाँको नेपालीहरुसंग भेट्ने कार्यक्रम मिलाइयो बिहानको लागि | तर एका बिहानैदेखि सिमसिम पानी परिरहेको थियो | मौसमले साथ नदिएपनि यसलाई सकारात्मक रुपमा लिए | मैले सुनेको थिए यस्तो पानी पर्यो भने साइत बन्छ रे | अब कनाडा आउनु साइत परेको रहेछ भन्ठाने | केहि बेर कुरेर बस्दा पनि पानी नरोकिएपछि अलि अलि भिजिए पनि भिजिओस भनेर हिडियो | कस्तो सन्जोग भेट्ने साथीको नाम पनि माधब नै, अझ माधब नेपाल | अलि घनिष्ठ भएको भए त मैले जिस्काई पनि भ्याउथे, हैन कामचलाउ प्रधानमन्त्री बन्न झ्याउ लागेर यता आउनु भो कि क्याहो भन्दै | फर्केर भात खाँदावर्दा झन्डै दुइ त बजिहालेछ | अनि घुम्न कहाँ जाने भन्ने कुरो भो | वान्कोवरको प्रतिक भनेर चिनिने ठाउँ के छ भनेर सोद्धा त प्राकृतिक सुन्दरता भन्ने जवाफ आयो | अब पहाड, समुद्र, पार्क आदि इत्यादी त सबै तिर हुन्छ वान्कोवर कै भनेर कसरि खुट्याउने? अनि यो बर्ष विन्टर ओलम्पिक भएको ठाउँ नि भन्दा त्यो त झन्डै १ घण्टा पर ह्विस्लर भन्ने ठाउँमा रहेछ | झरी परिरहेपनि ह्विस्लर जाने निधो भयो र साथी माधब (बजगाई) र उनका छोरा अनंग सहित लागियो ह्विस्लर तिर | बाटोमा घरि घरि पानी रोकिएपनि बादल चाही छाटीएन | ह्विस्लरमा पुगेपछि थाहा भो त्यहाँ दुइ वटा डाँडा रहेछ अनि Seven Heaven भन्ने ठाउँ पनि रहेछ | त्यहाँबाट वान्कोवरको दृश्य अत्यन्तै मनमोहक देखिन्छ रे | त्यो डाँडा केवल कार चढेर जानु पर्दो रहेछ | तर हाय रे किस्मत, हामीले त डाँडा को झझल्को पनि पाएनौ | बादलले पुरै डाँडालाई ढाकेको थियो | त्यसैले माथि नजाने विचार गर्यौ | त्यहाँ डर्ट बाइक प्रतियोगिता भैरहेको रहेछ | त्यहि एकछिन हेर्यौ अनि एउटा सानो पर्यटकीय बजार रहेछ त्यो घुमेर फर्क्यौ |

उफ मेरो बाउलाई पनि कति घुम्नु पर्या होला

भोलिपल्ट, आइतबार अगस्त ७ को बिहान को खाना खान अर्को नविन ढकालले बोलाउनु भएको थियो | आज पनि आकाशमा बादलकै पूर्ण साम्राज्य थियो | नविनजीकाँ नाना थरिका परिकारहरु खाएर कुरा गर्दै जादा खाजा पनि खाने बेला भएछ र समोसा खाजा खाइयो | अनि त्यहाँबाट नजिकै को Queen Elezabeth Park मा घुम्न गइयो | पार्क बाट सिधै साथी माधबको घर तिर लागियो र बदली भएपनि पानी नपरेकोले बचेको समय तरणतालमा बितायौ |
ओहो कत्रो पात ! उस्तै परे एउटा ओच्छ्याएर अर्को ओढ्न हुने |
क्यामरा देउ न म फोटो खिच्छु |
बादलुले छोपिएको वान्कोवर |
पर्सिपल्ट मेरो विक्टोरिया जाने कार्यक्रम थियो | तर यो लामो झरीको अन्त्य नहुने देखेर आफ्नो कार्यक्रम छोट्याएर सोमबार अगस्त ९ गते लुरु लुरु रिनो तिर फर्के | यो दिन पनि बाटैभरि बदली नै भैरह्यो | विश्वको सर्वाधिक राम्रो १० शहर (BBC को एउटा लेख अनुसार) मध्येको एक सुन्दर शहर वान्कुवर मेरो आगमनमा लजाएर बादलुको घुम्टो भित्र लुकेरै बसिरहिन र हामी घुम्टो भित्रकी सुन्दरीको कल्पना गर्दै फर्कनु पर्यो |

1 comment:

  1. मित्रको यात्रा संस्मरण संगै फोटो पनि धेरै राम्रो लाग्यो!

    ReplyDelete