पंचतंत्रको कथाहरु अत्यन्त लोकप्रिय कथाहरुमा पर्छन् | यसका कतिपय कथाहरु हामीले पढेको भएपनि यो पंचतंत्रकै कथा भनेर थाहा नपाएको हुनसक्छ | फेरी यो कसरि सुरु भयो भन्ने कुरा पनि हामी सबैलाई थाहा नहुन सक्छ | त्यसैले मैले कपिलमणि ज्ञवालीले संकलन गर्नुभएको पंचतंत्रको कथाहरु भन्ने पुस्तकबाट एकपटकमा थोरै थोरै गरेर राख्ने विचार गरे | यदि सबैकथाहरु एकै बसाईमा पढ्न मन लागे एडुकेशनल पब्लिशिंग हाउसबाट प्रकाशित उक्त किताब किनी पढ्नु होला | मैले यहाँ यस किताबको बिज्ञापन भने गर्न खोजेको हैन | बास्तवमा मैले वहाहरुसंग सम्पर्क गरेको पनि छैन | मेरो बिचारमा पंचतंत्रको कथाहरु दन्तेकथा जस्तै हुन् र यसमा कुनै व्यक्ति वा संस्थाको विशेषाधिकार हुदैन | तर पनि वहाहरुलाई यदि यो मेरो ब्लगमा राखिएको सामग्रीले कापी राइट उल्लङ्घन गरेको जस्तो लागे मलाई hamalsunil एट जिमेल डट कम मा इमेल गर्नु भएमा यो सामग्री हटाइदिनेछु | पहिले कसरि पंचतंत्रको कथा शुरु भयो त्यता तिर लागौ |
धेरै बर्ष पहिले दक्षिण भारतको महिलारोप्य राज्यमा अमरशक्ति नाम गरेका महाप्रतापी राजाले राज्य गर्दथे | उनका उग्रशक्ति, बहुशक्ति र अनंतशक्ति नाम गरेका मह-मूर्ख तीन छोराहरु थिए | आफ्ना दरबारमा रहेका पाँचसय ब्राह्मण पण्डितहरुले पनि शिक्षा-दिक्षा दिन नसकेका मूर्ख अनि पाखण्डी छोराहरुका कारण राजा निकै चिन्तित थिए | उनि राजकुमारहरूलाई छोटो समयमै सबै शास्त्रमा पारंगत बनाउन सक्ने विद्वानको खोजीमा लागे | मन्त्रि सुमतिको सल्लाह र सहयोगमा विद्वान् पण्डित विष्णु शर्मालाई आमन्त्रण गरि जवान हुदै गएका राजकुमारहरूलाई सम्पूर्ण शिक्षा-दिक्षाको जिम्मा दिए | पण्डित बिष्णु शर्माले पनि केवल छ महिनामै सबै शास्त्रमा पारंगत बनाउने दृढ अठोट सहित राजकुमारहरूलाई साथमा लिई आफ्नो आश्रममा गए |
पण्डित बिष्णु शर्मा केवल विद्वान् मात्रै थिएनन्, उनि एक कुशल शिक्षक पनि थिए | उनलाई कस्ता शिष्यलाई कस्तो र कसरी शिक्षा दिनुपर्छ भन्ने कुराको राम्रो ज्ञान थियो | त्यसैले उनले मूर्ख राजकुमारहरूलाई केवल छ महिनामै सम्पूर्ण शास्त्रमा पारंगत बनाउने उद्देश्यले सम्पूर्ण शास्त्रहरूको सार वा भाव समेटी संस्कृत भाषामा एउटा कथाकृतिको रचना गरे | मित्रभेद, मित्रसंप्राप्ति, काकोलूकीयम्, लब्धप्रणाशम् र अपरिक्षितकारकम् गरि पाँच भाग (पंचतंत्र) मा बाडिएको कृतिको माध्यमबाट उनले राजकुमारहरूलाई छ महिनामै सबै शास्त्रमा पारंगत बनाए | त्यही पाँच भागमा बाडिएको विशेषतः पशुपंक्षीलाई प्रमुख पात्रको रुपमा चित्रित गरि लेखिएको कृतिनै पंचतंत्रको कथाहरुको रुपमा प्रख्यात भयो |
पंचतंत्रका सबै कथाहरु शिक्षाप्रद छन् | यसमा पनि एउटा शिक्षकले कस्तो गरि शिक्षा दिनुपर्छ भन्नेकुरा प्रस्ट्याइएकोछ | पण्डित बिष्णु शर्माको तीन जना बिद्यार्थीको लागि गरेको मेहनत उदाहरणीय छ | उनका कथाहरु क्रमशः यो ब्लगमा राख्दै जानेछु |

No comments:
Post a Comment