आज पनि मैले ब्लग लेख्नको लागि मेरो पुरानो कुरालाई नै ल्याउदै छु | कुरो B. Sc. पढ्दा ताका को हो | मेरो साथी संतोष महतोलाई मैले कसरि पहिलो र दोस्रो कविता लेखे भनेर सुनाए | (हेर्नुस सेप्टेम्बर ११, २००९ को ब्लग) | उसले त्यसरी कविता लेख्छु भनेर सुरिएर बस्दैमा कहिँ कविता लेख्न फुर्छ र? यसको लागि त बातावरण बन्नु पर्छ भन्दै मेरो कुरा को बिश्वास गरेन | अनि मैले भने ल मलाई कुनै शब्द वा पंक्ति देउ म त्यो शब्द वा पंक्ति राखेर कविता बनाई दिन्छु भने | त्यति खेर मुरलीधरले गएको "उडायो सपना सबै हुरीले .....कसले काट्यो छुरी ले ...." भन्ने गीत निक्कै चलेको थियो | उसले यस्तै अर्थ लाग्ने कविता लेख भनेर भन्यो | अनि मैले त्यतिबेला लेखेको कविता हो यो |
तिम्रो बयानमा मैले कति कति कविता लेखे
तर हिजो तिमीलाई अर्कैसंग हिडिरहेको देखे
तिमी रमाई रमाई घुम्दैथ्यौ शहर
बढार्दै पुच्छ्दै मेरा मनका सारा रहर
शायद बदल्नै पर्छ मैले आफ्नो विचार पो
प्रकट गर्नु पर्थ्यो कि त्यो क्षणिक साथको आभार पो
रमाउदै, घुम्दै थियौ तिमी आफ्नै धुनमा
वास्ता नै नगरी के हुदैछ मेरो मनमा
यता उता जता त्यतै तिम्रै मात्रै आभाष छ
तर सामु तिमीलाई नपाउदा यो जीवन नै उदास छ
मसंगको नाता तिमीले काट्न सक्यौ कसरि छुरीले
उडाउदै बढार्दै लग्यो मेरा सारा सपनाहरु हुरीले
वा वा वा .......!! माने माने..
ReplyDeleteकसरि फुर्दो हो कविता ..!!
Pagal, premi ra kavi dekhinchhan sab ek sari,
ReplyDeleteajha vaigyanik ma kavita ko lep chdhyo jasari
sapna-vipna, sundar-sundari samahit hune gari
Jay hos Hamalko aviral bagirahos himal-nadi sari
धन्यबाद साथीहरु .........
ReplyDelete