मनोभाव

यसमा मेरो मनमा खेलेका, बुद्धिमा मथेका कुराहरु आफ्नै लागि राख्ने गरेको छु | मैले यहाँ लेखेको कुरो ठिक-बेठिक, साचो-झुठो, सत्य-असत्य जे पनि हुन सक्छ | केहि कुरा समय अनुसार परिवर्तन होलान् भने केहि सदाबहार होलान् | आफ्नो विवेकले हाँस जस्तो भै दुध-दुध पिउनु भएपनि स्वागत्, सबैलाई वाहियात भन्नु भएपनि स्वागत्, केहि लेखि हाल्न मन लागेर लेख्नु भएर आफ्ना डोवहरु राख्नु भए पनि स्वागत्, नलेखी चुपचाप निस्कनु भएपनि स्वागत् | यहाँ झुक्केर अथवा आउनै मन लागेर, जसरि आउनु भएपनि स्वागत् | यहाँहरु सबैलाई मेरो मनोभाव पढ्न स्वागत छ |

Sunday, July 25, 2010

चाहना

मैले आज को ब्लग को सामग्री दुइ कुरा लाई ध्यान मा राखी बनाएको छु | पहिलो चाही मेरो कविता कै सृंखला भने अर्को फेसबुक | अहिले म फेसबुक मा केमिस्ट्री १९९३-९५ ग्रुप मा नियमित रुपमा गैरहेको छु | त्यहाको साथीहरु लाई ध्यानमा राखी मेरो पुरानो कविताको नया संस्करण निकालेको हो यो |

अनुहारनै नहुनेहरु हिरो बन्न खोज्छन
जंगलको ढेडुले पनि अप्सरा नै रोज्छन

संतोष पनि यो कुरामा पछी पर्याछैन
तर म पनि यसको अपवाद चाही हैन
सुरेशको त झन् कुरै छोडौ
बरु यसमा अरु साथीहरुको पनि नाम जोडौ

तेज, सुजीत, विनय, अमर र बलराम
सुमन, गोपाल, नरेन्द्र, निर्मल या श्रीराम
सबै साथीहरु यहि क्याटागोरी मा पर्छन
एउटा राम्री ठिटी देख्नासाथ हाय हाय भनि मर्छन

2 comments:

  1. Hai re yi thitha haru ko kasto bhayechha durgati
    40 katda pani man bhagauchhan kata kata begralti
    Hasti bat asthi ma parinat hune bela bhaye pani
    herda herdai lar tapkaun pachhi pardaina ghari-2
    Astu

    ReplyDelete
  2. दार्सब ले कस्तो बिर्सेको ........ उम्र पचपन कि दिल बचपन का.........

    ReplyDelete