मनोभाव

यसमा मेरो मनमा खेलेका, बुद्धिमा मथेका कुराहरु आफ्नै लागि राख्ने गरेको छु | मैले यहाँ लेखेको कुरो ठिक-बेठिक, साचो-झुठो, सत्य-असत्य जे पनि हुन सक्छ | केहि कुरा समय अनुसार परिवर्तन होलान् भने केहि सदाबहार होलान् | आफ्नो विवेकले हाँस जस्तो भै दुध-दुध पिउनु भएपनि स्वागत्, सबैलाई वाहियात भन्नु भएपनि स्वागत्, केहि लेखि हाल्न मन लागेर लेख्नु भएर आफ्ना डोवहरु राख्नु भए पनि स्वागत्, नलेखी चुपचाप निस्कनु भएपनि स्वागत् | यहाँ झुक्केर अथवा आउनै मन लागेर, जसरि आउनु भएपनि स्वागत् | यहाँहरु सबैलाई मेरो मनोभाव पढ्न स्वागत छ |

Monday, September 6, 2010

पंचतंत्रको कथा: बाँदर र बिरालाहरु

(यो कथा ठ्याक्कै पुरानो कथासङ्ग नमिल्ना पनि सक्छ)
एकादेशमा तीनवटा बिरालाहरु थिए | तिनीहरु अत्यन्तै इर्स्यलु र लोभी थिए | एउटाले पाएको अर्कोले डाहा गर्ने, अर्कोले पाएको भाग नै ठुलो देख्ने | एक पटक तिनीहरुले एउटा ठुलो रोटि भेटाए | संगै भेटाए, बाड्न त पर्यो, अनि एउटाले भाग लगायो | बाँकी दुइवटा उफ्र्यो "लोभी बजिया, आफूलाई ठुलो भाग राखि हामीलाई सानो दिन्छस" | कसैगर्दा पनि कुरो मिलेन, जसले भाग लगाएपनि बाँकी दुइटालाई चित्त नबुझ्ने | अब भएन बरु अरुलाई बडिदेउ भन्नुपर्यो भन्नेमा तीनवटैको मत मिल्यो | सो अनुरुप तिनीहरुले छिमेकी बाँदरलाई बोलाए | बाँदर बाठो थियो | उसले त्यो भाग लगाएको रोटि देखेर भन्यो | ओहो ! यो भाग ठुलो रहेछ, अनि अलिकति त्यहाँबाट चिमोट्यो अनि खायो | अब अर्को भाग ठुलो देखियो, त्यो पनि चिमोट्यो र खायो | एवंरीतले ती बिरालाहरुले हेर्दा हेर्दै बाँदर सबै रोटि खाई भ्यायो | त्यसैले आपसमा नमिल्दा अर्कोले फाइदा उठाउँछ | ती तीन बिरालाहरु जसले आफ्नो घरमा आफैले छिमेकी बोलाएर धोखा खाएर रुदै कराउदै उफ्रिरहेको हामीले अझैपनि देखिरहेका हुनसक्छौ |

No comments:

Post a Comment