मनोभाव

यसमा मेरो मनमा खेलेका, बुद्धिमा मथेका कुराहरु आफ्नै लागि राख्ने गरेको छु | मैले यहाँ लेखेको कुरो ठिक-बेठिक, साचो-झुठो, सत्य-असत्य जे पनि हुन सक्छ | केहि कुरा समय अनुसार परिवर्तन होलान् भने केहि सदाबहार होलान् | आफ्नो विवेकले हाँस जस्तो भै दुध-दुध पिउनु भएपनि स्वागत्, सबैलाई वाहियात भन्नु भएपनि स्वागत्, केहि लेखि हाल्न मन लागेर लेख्नु भएर आफ्ना डोवहरु राख्नु भए पनि स्वागत्, नलेखी चुपचाप निस्कनु भएपनि स्वागत् | यहाँ झुक्केर अथवा आउनै मन लागेर, जसरि आउनु भएपनि स्वागत् | यहाँहरु सबैलाई मेरो मनोभाव पढ्न स्वागत छ |

Friday, September 11, 2009

कविता

आज खै के अपडेट गर्ने, यो ब्लगको नियमित व्यवस्था गर्न पनि सार्है गार्हो पो हुदो रहेछ | आज पनि म पुरानो कुराकै सहारा लिन लागिरहेको छु | तर यो पटक कविताको कुरो गर्ने विचार गरे | यो कविता चाही सविताको दिदी नभएर कथाको बहिनी परिन | कुरो मैले भर्खरै एस. एल. सी. दिएपछिको हो | म दाजुसंग बस्न भनेर काठमाडौँ आएको थिए | दाजुले कहिलेकाहि अक्कल-झुक्कल एक-दुइवटा कविता कोरेर सुनाउने गर्नुहुन्थ्यो | राम्री नै भएपनि कविताको पछी म लाग्ने गर्थिन | केहि पछी मेरो भाई पनि शायद स्कूलको बिदामा काठमाडौँ आए | उसले पनि मलाई कविता सुनायो | अनि मैले सोचे ओहो दाजु पनि कवि, भाई पनि कवि, खै त मेरो छवी ? बस मैले पनि कविता कोर्ने विचार गरि कलम-कपि समाएर पलेटी मारेर बसे | मेरो पहिलो प्रयास त्यति राम्रो नभएपनि म यहाँ पस्कदैछु | बोर हुन तयार हुनुहुनेहरुलाई धन्यवाद |

पढाई

पढाईको मोटर हाक्न
छदैछ परिश्रमको पेट्रोल
बिग्रन आटेको बेलामा
पाईदैछ हप्काईको मार्तोल

राम्रोसँग चल्नलाई
किनिदैछ किताबको मोबिल
बाटोको हिलोमा फसेभने
बन्दैछन् मास्टरहरु फोरव्हिल

यति भएर पनि स्टार्ट नभए
मालिक रुन्छन सुक्क
पछाडीबाट धकल्दा पनि
स्टार्ट नहुने तँ थुक्क



ट्युसन
(यसमा मास्टरहरुको मान-मर्दन गर्न खोजिएको नभएर त्यतिबेला गाउँका केहि स्कूलको चित्रण गर्न मात्रै खोजिएको हो)

अभिभावक सोध्छन मास्टरलाई
बिद्यार्थीको कस्तो छ पढाई
कस्तो छ उसको चाल र चलन
भन्नुहोस् न त मलाई

भन्दछन् मास्टर अभिभावक लाई
ठिकै छ उसको चाल र चलन तर ठिक छैन पढाई
पढेमा ट्युसन मसंग भने
फाइदा हुनेछ उसलाई


अचम्म मानी अभिभावक फेरी सोध्छन मास्टरलाई
पढेमा ट्युसन तपाईसंग भने के फाइदा छ उसलाई
१५ दिन मात्र बाँकी छ अब परीक्षा हुनलाई
यी दिनभित्र पढ्नेछन् के के भन्नुस् न मलाई


हेर्नुस यो त कुरा हो गोप्य भन्दै छु तपाइलाई
मसंग पढे हुनेछन पास यहि फाइदा छ उसलाई
प्रश्नको उत्तर भन्ने छु उसलाई जो सोधिनेछ जांचमा
भनेर यति मास्टर लम्के आफ्नै बाटोमा

No comments:

Post a Comment