अब लेखि सकेपछी आफ्नो पनि एउटा कविता राखौ जस्तो लग्यो | यो कविता मैले मेरी बहिनी लाई जिस्काउने हिसाबले धेरै पहिले लेखेको हो | तरुण बेलामा धेरैजसोले एक-अर्काको उपनामहरु राखिदिएका हुन्छन जिस्काउनको लागि | धेरैजसो त यो हल्का-फुल्का र रमाइलो नै हुन्छ तर कहिले काहि अलि बढी भैदिन्छ | मेरी बहिनी पनि अरुलाई यस्तै उपनाम दिन खप्पिस (उस्ताद) थिई | अनि मलाई पनि उसमाथि कविता नै लेख्ने रहर चल्यो र यो कविता लेखिदिए | मलाई त राम्रै लागेको थियो त्यसैले यहाँ राख्दैछु, बहिनी रश्मी पक्कै रिसाउदीन भन्ने लगेर |
तिहार होस् या बिजया दशमी
मलाई याद आउछ बहिनी रश्मी
उ जस्तो शायदै होला यो जगमा
उसको लागि त पुग्दैन एक उपमा
उचाइमा त छैन फर्सीभन्दा ठुली
सगरमाथाको उचाई नाघ्नेछ उसको बोलि
उसको भाषणले त घाघडान नेताहरुले पनि मात खान्छ
उसको गायनले त बहिराहरुको पनि कान खान्छ
अरुहरुको नाम राख्नमा त छैन पण्डित भन्दा कम
आफ्नो नाम बिगार्दा भने हुन्छे बम बम
ग्रह र नक्षत्र हेर्दा त परेछ राशी मीन
बसेर उसबारे कुरा गरौ एकै छिन
उसको हिडाइ हेर्दा शुतुर्मुर्गको याद आउछ
राती त कुरै छाडौ दिउसै पनि उसलाई निद आउछ
अनुहार हेर्दा लाग्छ इमलिको गेडा
नाक मात्रै हेर्दा लाग्दछ थेप्चाएको पेडा
घना उसको कपाल भित्र
चल्दछ जुम्राको राज
को होला यो जगमा त्यस्तो
जो नगरोस यस्तो बहिनीमा नाज
No comments:
Post a Comment